नियम ४३
मूल्याङ्कन पुनरावलोकन समितिको कार्यविधि
(१) मूल्याङ्कन पुनरावलोकन समितिको अधिकार क्षेत्रको प्रयोग तीनै जना सदस्यले सामूहिक रूपमा गर्ने छन् र बहुमतको राय मूल्याङ्कन पुनरावलोकन समितिको निर्णय मानिनेछ ।
(२) मूल्याङ्कन पुनरावलोकन समितिले मूल्याङ्कन पुनरावलोकनका लागि परेको निवेदनमाथि अन्तिम निर्णय दिंदा अध्यक्ष सहित दुवै जना सदस्यको उपस्थिति आवश्यक पर्नेछ ।